काठमाडौं - मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा विभिन्न ११ दलले संघर्षको घोषणा गरेका छन् । सोमबार बिहान विज्ञप्ती जारी गर्दै ११ दलले सो सम्झौता राष्ट्रघाती भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली संसदको चालु अधिवेशनबाटै पारित गर्नुपर्ने पक्षमा रहेका छन् र उनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पूर्ण समर्थन रहेकोले ओली यसलाई पारित गराउने दाउमा लागेको भन्दै यसविरुद्ध संघर्षको कार्यक्रम घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

संघर्षलाई केन्द्रीत र घनिभूत बनाउनका लागि अन्य सबै विषयलाई थाति राखी यो संसदको कार्यसूचिबाट यसलाई नहटाउँदासम्म ‘एम्सीसीको खारेजी’ मागलाई सूत्रीय बनाउने ११ दलले निर्णय गरेको छ ।