काठमाडौं - यात्रुको झोलाबाट पैसा चोरेको आरोपमा नेपाल वायुसेवा निगमका लोडर पक्राउ परेका छन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैंकक प्रस्थान गर्न लागेका याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा लोडरलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा दैलेख महावु गाउँपालिका-३ घर भई काठमाडौं काँडाघारी बस्ने ३५ वर्षीय देव बहादुर सुनार रहेका छन् ।

याङ्गहाङले आफ्नो थाई भाट चोरी भएको भनी निवेदन दिए पश्चात् सिसिटिभी समेतको अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा देवबहादुरको गतिविधि शङ्कास्पद देखिएकोले नियन्त्रणमा लिएर अनुसन्धानको क्रममा उनले उक्त थाई भाट चोरी गरेको खुल्न आएको प्रहरीको भनाई छ ।

साथै उनको शरीर तथा लकर तलासी गर्दा विभिन्न दरका थाई भाट १९ हजार ४ सय समेत बरामद भएको छ । उनलाई थप कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।