आर्थिक वर्ष २०७७/०७८ को लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन
काठमाडौं - सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।
यो चालु आव ०७६÷७७ को तुलनामा यो बजेट सानो हो । चालु वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याइएको थियो ।
कुल वार्षिक विनियोजनमध्ये चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४ दशमलव ४ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३ दशमलव ९ प्रतिशत छ । त्यसैगरी वित्तीय व्यवस्थातर्फ एक खर्ब ७२ अर्ब ७९ करोड अर्थात् ११ दशमलव ७ प्रतिशत छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड तथा वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड जुटाइने बजेटमा उल्लेख छ । यसैगरी आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब स्रोत व्यवस्थापन गरिने अर्थमन्त्री खतिवडाले बताए ।
फेसबुक पेज Like गर्नुहोस