काठमाडौं - जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् ।

अर्का अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्यलाई कारवाही गरेपछि शुक्रबार अध्यक्ष ठाकुर निर्वाचन आयोग पुगेका हुन् । प्रदेशसभा सदस्यलाई हटाउने अधिकार पार्टी अध्यक्ष यादवलाई नरहेको भन्दै अध्यक्ष ठाकुरले आयोगलाई ध्यानाकर्षण गराएका छन् । पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको उनको भनाई छ । 

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादवले पार्टीभित्र पूर्व राजपा पक्षलाई थाहै नदिइ मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिने सांसदहरूलाई पदमुक्त गराएका थिए । उक्त निर्णय लुम्बिनी प्रदेशका सभामुखलाई बिहीबार पठाएका थिए।