काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको छ । उनको स्वास्थ्य परीक्षणका लागि ग्रान्डी अस्पताल लगिएको बताइएको छ ।

स्वास्थ्यमा समस्या आएपछि विहान ९ बजे अस्पताल लगिएको हो । मृगौला प्रत्यारोपण गरिएका ओलीलाई बेलाबेला स्वास्थ्य परीक्षणका लागि विदेश समेत लाने गरिएको छ । केही समयअघि मात्रै ओलीको उपचार सिंगापुरमा भएको थियो ।

अहिले स्वास्थ्य परीक्षणको रिपोर्ट नआएको र उनको स्वास्थ्य अवस्थाबारे बताउन नमिल्ने बालुवाटार स्रोतले जनाएको छ । तर उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको पनि बताइएको छ । स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि सार्वजनिक जानकारी दिइने बताइएको छ ।