जनकपुरधाम - मोबाइलका लागि आफ्नै साथीको हत्या गरेको आरोपमा जनकपुरधामका दुई युवक पक्राउ परेका छन् ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका– २४ सोनापारा बस्ने २० वर्षीय हरिचरण मण्डल र अन्दाजी २१ वर्षीय पवन सहनीलाई आफ्नै साथी स्थानीय रुपेश महराको हत्या आरोपमा धनुषा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले आइतवार बिहान सार्वजनिक गरेको छ । रुपेशको मोबाइल हरिचरणलाई मन परेपछि नदिंँदा हरिचरणले रुपेशको हत्या गरेको अनुसन्धानमा खुलेको जिप्रका धनुषाका एसपी विश्वराज खड्काले बताए ।