सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय
खबर एक्सप्रेस
२०८०-०९-२५ ०५:०५ मा प्रकाशित
Total Shares: 96
काठमाडौं-बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको हो ।
न्यायाधीश ढकालको इजलासले उनीबाट ५ लाख रुपैंया क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको छ।
सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको छ ।
यसअघि गत पुस १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।
लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।
फेसबुक पेज Like गर्नुहोस