काठमाडौं - एक टेलिभिजन अन्तर्वार्तामा जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुराबार लिएको अभिव्यक्तिप्रति नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलको गम्भिर ध्यानाकर्षण भएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार विज्ञप्ति जारी गरि सरकार, सभामुख तथा सम्बन्धित संस्थाहरु राष्ट्रियताको विषयमा झण्डै तीन करोड नेपाली जनतालाई चोट पर्ने गरी सांसद गिरीले बोलेकोमा संसद पदबाट निलम्बन गर्नेदेखि हँदैसम्मको कारबाही गर्ने प्रक्रिया थाल्नुपर्ने बताए ।

ईतिहासदेखि पुर्खाहरुले बचाएको एक ईन्च भूमि पनि अतिक्रमण भएमा नेपाल तरुण दललाई मान्य नहुने भन्दै राष्ट्रियताको सवालमा नेपाल तरुण दलले कसैसँग पनि सम्झौता नगर्ने बस्नेतले प्रस्ट पारे ।

यस्तै सांसद गिरीले संसदमा नेपालको राष्ट्रिय गौरवको रुपमा रहेको नेपाली सेनाको विषयमा विवादास्पद अभिव्यक्ति दिएको तर्फ समेत नेपाल तरुण दलको ध्यानाकर्षण विज्ञप्तिमा भनिएको छ ।

No photo description available.