काठमाडौं - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रुकुम पश्चिममा भएको घटनाबारे आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार एक विज्ञप्ती जारी गर्दै पार्टी प्रवक्ता प्रकाण्डले जेठ १० गते रुकुम चौरजहारीमा अन्तर्जातीय प्रेम र विवाहको विषयलाई लिएर घटाइएको घटनाले राज्यव्यवस्था, संविधान र कानुनको खिल्ली उडाएको बताए ।

'मान्छेको ज्यान लिने र वेपत्ता पार्ने गरी घटाइएको घटनाका योजनाकार, संलग्न व्यक्ति र घटनालाई तोडमोड गर्ने संरक्षकहरुको आततायी, जंगली सामन्ती फासिवादी, श्रमजीवी र दलित समुदाय विरोधी तत्वहरुको आफ्नो पार्टीले कडा निन्दा र भर्त्सना गर्दछ' विज्ञप्तीमा भनिएको छ ।

नेपाली जनयुद्धको समयदेखि खडा भएको जनवादी साँस्कृतिक मान्यताका विरुद्ध जेहाद छेडेको र विवाहसम्वन्धी ब्यक्तिगत स्वतन्त्रता र मानव अधिकार हनन भएको भन्दै उक्त घटना कुनै पनि हालतमा सैह्य नहुने कुरा उल्लेख गरिएको छ ।

PKD pres