काठमाडौं :शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेको नियुक्ति बदरको माग गर्दै सर्बोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता माधब गौतमले सिइओ पाण्डेको नियुक्ति नियम अनुसार नभएको र आर्थिक चलखेलबाट भएको हुनसक्ने भन्दै नियुक्ति बदरको माग गर्दै सर्बोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

उक्त रिटमा सर्बोच्च अदालतले कारण देखाउ आदेश जारी गरिसकेको छ । निवेदन पत्रमा अर्थ मन्त्रालय, बीमा समिती , बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं,शिखर इन्स्योरेन्स संचालक समिति र सिइओ दिप प्रकाश पाण्डेलाई विपक्ष बनाइएको छ ।

सम्मानित अदालतले कानुन बिपरित भएका निर्णय बदर गरी बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ बमोजिम योग्यता भएको ब्यक्तिलाई नियुक्ति गर्न परमादेश अदालतबाट  जारी हुने निवेदकको बिश्वास छ ।

शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेलाई बीमा समितिले अन्तिम पटकको कार्यकालको लागी भनेर दिएको नियुक्ति २०७७ कार्तिक ११ गते बाट सकिएको थियो  । २०७३मा पाण्डेलाई नियुक्ति गर्दा बीमा समितिले अन्तिम एक पटकको लागी भनेर नियुक्ति स्वीकृतिमा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७३ को दफा २८ बमोजिम अन्तिम एक पटकको अबधिको लागि भनेर लेखेको भएपनि पाण्डेले निरन्तरता पाएका थिए ।