आज देखि ३ दिन बैंकका सबै शाखा खुला
काठमाडौं - काठमाडौं उपत्यकामा कोरोना भाइरसको बढ्दो संक्रमण रोक्न बन्द गरिएका बैंकहरुका सबै शाखा आज (मंगलबार) देखि खुल्ने भएका छन् ।
राष्ट्र बैंकले सोमबार बैंकका सबै शाखा खुला गर्न निर्देशन दिएसँगै मंगलबारदेखि ३ दिनका लागि बैंकका सबै शाखा खुल्ने भएका हुन् ।
राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै नेपाल सरकारको राजश्व बुझ्ने प्रयोजनका लागि २३, २४ र २५ गते राष्ट्र बैंक लगायत राजश्व कारोबार गर्ने शाखा काउन्टर खुला राख्न निर्देशन गरेको हो ।
राष्ट्र बैंकले यसअघि कोरोना नियन्त्रणका लागि सकेसम्म विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न र बैंकका शाखा न्युनतम कर्मचारीको उपस्थितिमा पालैपालो खुला राख्न निर्देशन दिएको थियो । साे सँगै प्राय शाखा बन्द रहेका थिए ।
फेसबुक पेज Like गर्नुहोस