धितोपत्र बोर्डको सदस्यमा चन्द्र ढकाल नियुक्त
काठमाडौं - आइएमइ तथा चन्द्रागिरी हिल्सका प्रमुख चन्द्र ढकाल धितोपत्र बोर्डको सदस्यमा नियुक्त भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका ढकाल पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको संचालक समिति सदस्यमा महासंघको तर्फबाट नियुक्त हुने सदस्यमा नियुक्त भएका हुन्।
यसअघि महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सदस्य थिए । महासंघले आफ्नो तर्फबाट नियुक्त हुने सदस्यमा वरिष्ठ उपाध्यक्ष ढकाललाई पठाउने निर्णय गरेको हो।
बोर्डको ७ सदस्यीय संचालक समितिमा कार्यकारी अध्यक्ष र विज्ञ संचालक गरी सरकारले २ जना सदस्य नियुक्त गर्छ। बाँकी ५ जना भने पदेन सदस्य रहने गरेका छन्।
सरकारले कार्यकारी अध्यक्ष भिष्मराज ढुंगाना र विज्ञ संचालकमा अशोककुमार पौडेललाई नियुक्त गरेको छ।
फेसबुक पेज Like गर्नुहोस