ओलीलाई नेपाल पक्षका नेताको आग्रह: नेपालसँग संवाद गर्नुस्, सहमतिपछि मात्रै बैठक राख्नू
काठमाडौं - नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पक्षको सहमतिपछि मात्रै केन्द्रीय कमिटी बैठक राखिदिन आग्रह गरेका छन् ।
केन्द्रीय कमिटीको बैठकअघि बालुवाटार पुगेका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यले यस्तो आग्रह गरेका हुन् ।
पार्टी एकताको पहलको लागि माधव नेपालसँग छलफल गरेर दुवैको सहमतिपछि मात्र बैठक राख्न ओलीलाई आग्रह गरेको एक नेताले बताए । जवाफमा ओलीले सोच्ने बताएका थिए ।
बालुवाटार बैठकमा बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन् । त्यस्तै, हालै केन्द्रीय कमिटीका अटाएका पूर्व माओवादी नेताहरु पनि बैठकमा सहभागी भएका छन् । तर, माधव नेपाल पक्षका नेताहरु भने गएका छैनन् ।
फेसबुक पेज Like गर्नुहोस