डा. केसीलाई अनशनस्थल सार्न प्रहरीको दबाब
काठमाडौं - डडेल्धुरामा अनशनरत डा. गोविन्द केसीलाई अनशनस्थल सार्न प्रहरीले दबाब दिएसँगै डडेल्धुरा अस्पताल तनावग्रस्त बनेको छ । डा. केसीका समर्थकले अनशनस्थल सार्न नमानेसँगै प्रहरी र समर्थकबिच तनाव पैदा भएको हो ।
डडेलधुरावासीले आज सम्पूर्ण यातायातका साधन ठप्प पारेका छन् । उनीहरुले जिल्लाको चोक चोकमा बसेर डा। केसीको समर्थनमा प्रदर्शन गरिरहेका छन् । केसीको अनसनको आज आठौं दिन हो ।
आज बिहानैदेखि प्रहरीले केसीलाई अनशन छोडाएर लैजान दबाव दिए पनि कहाँ लाने भन्ने कुरा यकिन नगरेको केसीका भाइ किशोरले जानकारी दिए ।
केसीको पिसाबमा क्रियटिनिन बढेको र चिनीको मात्रा घटेको छ । यस्तै शरीरमा पानीको मात्रा घटेको र कमजोर हुँदै गएको अस्पतालले जनाएको छ । डडेल्धुरा अस्पतालमा आईसीयु नहुँदा चिकित्सकलाई केसीको उपचारमा समस्या भएको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। जितेन्द्र कँडेलले जानकारी दिए । अनशनको पाँचौं दिन शुक्रबार स्वास्थ्यमा समस्या आएपछि डा। केसीलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस