पेट्रोलियम पदार्थको मूल्य घट्यो
खबर एक्सप्रेस
८ घण्टा अगाडि
Total Shares: 27
काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाउने निर्णय गरेको हो।
इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर ३. १५ रुपैयाँ र डिजेलमा प्रतिलिटर २.६२ रुपैयाँ घटेर आएको छ।
बुधबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको हो। नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४६ रुपैयाँ कायम भएको छ।
फेसबुक पेज Like गर्नुहोस