नेपालमा पहिलोपटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्यो
खबर एक्सप्रेस
२०७६-१२-२२ ०१:५९ मा प्रकाशित
Total Shares: 261
काठमाडौं - नेपालमा पहिलो पटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) सरेको पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलाली र कञ्चनपुरमा गरी ३ जनामा कोरोना संक्रमणको पुष्टि गरेको छ ।
यसअघि विदेशबाट आएका नेपालीमा मात्रै कोरोनाको संक्रमण पुष्टि भएको थियो । तर शनिबार कोरोना संक्रमण देखिएकी कैलालीकी एक महिलालाई भने यसअघि कैलालीमा भेटिएका कोरोना संक्रमित पुरुषबाट सरेको पाइएको हो । उनी ती पुरुषका आफन्त हुन् । ती पुरुष दुबईबाट नेपाल आएका थिए ।
फेसबुक पेज Like गर्नुहोस