काठमाडौं -  प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरस (कोभिड १९) परीक्षणको लागि स्वाब संकलन गरिएको छ ।

शुक्रबार बिहान चिकित्सकको टोलीले उनको थ्रोट स्वाब संकलन गरेको बालुवाटार स्रोतले बताएको छ । तर, उनको कोरोना रिपोर्ट आउन बाँकी रहेको छ ।

आजदेखि सुरु हुने संसद अधिवेशनमा सहभागी हुन प्रत्येक सांसदले कोराना परीक्षणको रिपोर्ट अनिवार्य देखाउनुपर्ने संसद सचिवालयले जनाएको छ । बिहीबार संघीय संसद भवन परिसरमा ४४० जनाको थ्रोट स्वाब संकलन गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार पनि ६३ सांसदको स्वाब संकलन गरिएको छ ।