संविधानको धारा नै उल्लेख नगरी प्रधानमन्त्रीमा देउवाकाे नियुक्ति !
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरी विपक्षी गठबन्धनका नेता देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरे राष्ट्रपति भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । देउवाले आज साँझ ६ बजे प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ ।
तर, कांग्रेस सभापति देउवा संविधानको कुन धाराअन्तर्गत प्रधानमन्त्रीमा नियुक्त भएका हुन् भन्ने विषयमा राष्ट्रपति कार्यालय भने मौन बसेको छ । संविधानको धारा उल्लेख गरेर प्रधानमन्त्री नियुक्त गर्ने प्रचलन रहे पनि देउवाको नियुक्तिमा कुनै धारा उल्लेख छैन । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसलाबमोजिम प्रतिनिधि सभाका सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ।’
फेसबुक पेज Like गर्नुहोस