प्रतिनिधिसभा विघटन मुद्दामा शुक्रबारको सुनुवाइ सुरु
खबर एक्सप्रेस
२०७८-०३-१८ ११:५२ मा प्रकाशित
Total Shares: 202
काठमाडौं - प्रतिनिधि सभा विघटन मुद्दामा शुक्रबारको सुनुवाइ सुरु भएको छ। प्रधानमन्त्री केपी शर्माको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाईं बहस सुरु गरेका छन्।
अब बहसका लागि डेढ घण्टा मात्र समय बाँकी रहेको छ। बिहीबारदेखि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवासीले बहस थालेका हुन्।
प्रधानमन्त्रीका कानुन व्यवसायीको बहसपछि सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन्। उनीहरुलाई एक घण्टा समय दिइएको छ।
त्यसपछि सर्वोच्च र नेपाल बारबाट झिकाइएका एमिकस क्युरीले राय दिनेछन्। उनीलाई २ घण्टा दिइनेछ। अन्त्यमा रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ। यसका लागि उनीहरूलाई ३ घण्टा समय दिइनेछ।
फेसबुक पेज Like गर्नुहोस