तीन गुणा बढ्यो लसुनको मूल्य
खबर एक्सप्रेस
२०७६-१०-२३ ११:०० मा प्रकाशित
Total Shares: 459
काठमाडौं - पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ । गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ ।
पछिल्लो एकमहिनामा यसको मूल्य ३ सय ५० रुपैयाँले वृद्धि भएको हो । चीनमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण आयात रोकिएपछि नेपाली बजारमा लसुनको मूल्य ह्वात्तै बढेको छ ।
नेपाल लसुनमा आत्मनिर्भर नभएपछि बजारको माग पूरा गर्न व्यवसायीले चीनबाट लसुन आयात गर्दै आएका छन् ।
फेसबुक पेज Like गर्नुहोस