काठमाडौं - सर्वोच्च अदालतले पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

उनले स्नातक तहसमेत पास नगरेकाले योग्यता नपुगेको भन्दै न्यायाधीशहरु सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले कार्कीलाई नियुक्ति नदिन आदेश दिएको हो । मन्त्रिपरिषद बैठकले वैशाख २५ गते बहराइनको राजदूतमा नियुक्ति सिफारिस गरेको थियो ।

तर, अघिल्लो साता सर्वोच्चले मन्त्री भैसकेकालाई राजदूत बनाउँदा स्नातक पास गरेको हुन नपर्ने व्यवस्था कार्यान्वयन नगर्न आदेश दिएको थियो।