माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्दै
खबर एक्सप्रेस
२०७८-०१-१४ ०१:३६ मा प्रकाशित
Total Shares: 241
काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्ने भएको छ । बैठक ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
पछिल्लो राजनीतिक परिदृश्य तथा पार्टीको आगामी रणनीतिको बारेमा बैठकमा छलफल हुने बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस