काठमाडौं - टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बाँस्तोला नियुक्त भएका छन्।

डा. सागरराज भण्डारीले भोलिदेखि अवकाश पाउने भएपछि बाँस्तोला अस्पतालको निर्देशक नियुक्त भएका हुन्। ११ औं तहका बास्तोला यसअघि अस्पतालका प्रमुख कन्सल्ट्यान्ट थिए ।

उनले आजैदेखि निर्देशकको जिम्मेवारी सम्हालेका छन्। उनी कोरोना संक्रमितको उपचारमा सुरूआतदेखि नै खटिँदै आएका छन्।