सुनको मुल्य अहिले सम्मकै उच्च
खबर एक्सप्रेस
२०७६-०४-२० ११:०० मा प्रकाशित
Total Shares: 438
काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मुल्य आकासिएको छ । सोमबार सुन प्रतितोला ६७ हजार ८ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आईतबार सुन प्रतितोला ६६ हजार ३ सय रुपैंयामा कारोबार भएको थियो । एकै दिनमा १५ सय रुपैंयाले मुल्य बढेको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला ६७ हजा ५ सय रुपैंयामा कारोबार भैरहेको छ भने चाँदी प्रतितोला ७ सय ९५ रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस