काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक आजका लागि स्थगित भएको छ । सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न संसदमा जानुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा पाँचजना नेताहरुले धारणा राखेका थिए । बैठकमा स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल, योगेश भट्टराई, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले धारणा राखेका थिए । बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।