काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् । 

काँग्रेस सभापति तथा संसदीय दलका नेतासमेत रहेका देउवाले आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बैठक डाकेका हुन् । देउवा प्रधानमन्त्री बनेपछि कांग्रेसको संसदीय दलको बैठक पहिलोपटक बस्न लागेको हो। 

प्रतिनिधिसभा बैठकका सन्दर्भ छलफल गर्न संसदीय दलको बैठक बोलाइएको स्रोतले बताएको छ । सर्वोच्च अदातलको आदेशअनुसार सरकारले ३ साउनमा अपराह्न ४ बजे प्रतिनिधिसभा बैठक बोलाइसकेको छ । बैठक विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्री छनोट लगायतका विषयमा केन्द्रित हुने बताइएको छ ।