काठमाडौं - विशाल फाउण्डेशन र समृद्धि स्कुलको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न भएको योङ आन्ट्रपर्नस कन्ल्लेभ २०२० मा सहभागी युवा उद्यमी तथा विद्यार्थीहरुले स्टार्टअप आइडियामाथि लगानी बढाउन सरकारसँग माग गरेका छन । 

गत कार्तिक २० गतेदेखि २४ गते सम्म सञ्चालन भएको उक्त कार्यक्रममा कन्केलेभ स्टुडियो मार्फत ३ दर्जन अतिथि सहभागी भएका थिए भने  वेविनार मार्फत १ हजार भन्दा बढि युवा उद्यमी तथा विद्यार्थीहरुले सहभागीता जनाएका थिए । बिभिन्न सेसनहरुमा बोल्दै युवाहरुले आफुहरुको आइडिया माथी सरकारले बिउ पुँजी र तालिमको अवसर प्रदान गरे नेपालमै कही गर्ने रहर रहेको बताएका थिए । 

बिभिन्न सेसनमा बोल्ने सरकारका प्रतिनिधि, निजी क्षेत्रका बरिष्ठ उद्यमी र बैकंरहरुले उत्कृष्ट आइडिया भएका स्टार्टअपहरुलाई शून्य ब्याजदरमा कर्जा सरकारले उपलब्ध गराउन सके भविष्यमा धेरै ठूला ब्यवसायका रुपमा स्टार्टअपहरु बिस्तार हुने बताएका थिए । 

युवा उद्यमी तथा विद्यार्थीहरुमा केन्द्रित रहको यो कार्यक्रमले युवा विद्यार्थी वर्गलाई उद्यमशीलतामा लाग्न अभिप्रेरित गरेको तथा अगुवा उद्यमीहरुको उद्यम अनुभवबाट उद्यमशीलताका  सम्भावित समस्या र चुनौती तथा प्रक्रियाको बारेमा ज्ञान आर्जन गर्न सक्ने एउटा महत्वपुर्ण अवसर भएको आयोजक संस्था विशाल फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले बताए ।

पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पुर्व अर्थमन्त्री शकर प्रसाद कोइराला, बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झा, अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, सिटिइभीटी का सदस्य सचिव डा पुस्परमन वाग्ले, प्रधानमन्त्रीका आइटि बिज्ञ अस्गर अली, बरिष्ठ उद्यमी हरिभक्त सर्मा, हेमराज ढकाल, हेमाकुमारी अधिकारी, सुदिप आचार्य, बैंकर मनोज ज्ञवाली लगायतका स्पीकरहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।