एजेन्सी  - श्रीलंकामा डेंगु महामारीको रुपमा फैलिएको छ । स्वास्थ्य अधिकारीहरूले बताएअनुसार श्रीलंकामा डेंगुका कारण १२० जनाको मृत्यु भइसकेको छ भने करिब ८७,००० मानिस डेंगु प्रभावित भएका छन् ।

श्रीलंकाको १० भन्दा बढी जिल्लाहरूमा डेंगुको प्रकोप महामारीको रुपमा फैलिएको हो । गभरमेन्ट मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए)का सचिव हरिता अलुथगेले शनिबार डेली मिररलाई बताएअनुसार कोलम्बो, गम्पहा तथा कैंडी क्षेत्रमा ८७,००० हजार भन्दा बढी मानिसहरूमा डेंगु देखिएको छ । जसमध्ये ५० प्रतिशत बिरामी अधिक जोखिमयुक्त अवस्थामा रहेका छन्। त्यसैगरी पहिलोपटक जाफनामा पनि डेंगुको प्रक्रोप सामुन्ने आएको छ । जाफनामा मात्रै ७,००० डेंगु संक्रमित व्यक्तिहरू भेटिएका छन् ।

अथलुगेको अनुसार अघिल्लो वर्ष जीएमओएले डेंगु संक्रमण नियन्त्रणको लागि एक प्रस्ताव राखिएको थियो, जसलाई पूर्व स्वास्थ्य मन्त्रीले अस्थायी रुपमा लागू गरिने बताएका थिए । यदद्पी केहि महिनापछी नै प्रस्ताव उपेक्षाको शिकार बन्न पुग्यो  ।

नेशनल डेंगु कन्ट्रोल युनिटका निर्देशक अरुणा जयशेखरले बताएअनुसार वर्षाको कारण यस वर्ष अधिका संख्यामा देशवासीहरूमा डेंगु देखिएको हो । उनले आगामी साताभित्र देशको अधिक जोखिम क्षेत्रमा नयाँ राष्ट्रिय डेंगु नियन्त्रण कार्यक्रम शुरु गरिने बताए ।

एपिडेमियोलोजी यूनिटका अधिकारिहरूको आँकडाअनुसार, कोलम्बोमा १७,९०० भन्दा बढी बिरामी देखिएका छन् । त्यसैगरी गम्पाहामा १३,७०० र कैंडीमा ७,६०० भन्दा बढी व्यक्तिहरू संक्रमणको शिकार बनिरहेका छन् ।