काठमाडौं - प्रधानमन्त्री केपि शर्मा ओलीले हेलम्बु र मेलम्चीका बाढी पीडितलाई धैर्य गर्न आग्रह गरेका छन । बाढिग्रस्त क्षेत्रको निरक्षण गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन । असार १ गते आएको बाढी पहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा ठुलोजनधनको क्षती भएको थियो ।

प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरु अहिले ठुलो बिपत्तीमा हुनुहुन्छ ,आफन्त र सम्पत्ति पनि गुमाउनु भएको छ,यस्तो अवस्थामा धेर्य गर्नुको बिकल्प छैन’ प्रधानमन्त्रीले भने । पीडितहरुको साथमा आफू र तीनै तहका सरकार साथमा रहेकाले केही समयपछि क्षतिग्रस्त संरचनालाई पुरानै अवस्थामा ल्याउन लागि पर्ने प्रतिबद्धता जनाए ।

गत बर्ष गठन गरेको बिपद प्राधिकरण मार्फत तोकिएको मापदण्डअनुसार यस क्षेत्रका पीडितलाई आवस निर्माणकार्यका लागि रकम प्रदान गरिने प्रधानमन्त्रीले जानकारी दिए । प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री सगै भौतिक यातायात मन्त्री वसन्त नेम्वाङ, प्रधानमन्त्री पत्नी राधिका शाक्य , पूर्व मन्त्री शेरबहादुर तामाङ,  दावा तामाङ , गृह सचीव लगायत सरकारी अधिकारीहरु हेलम्बु क्षेत्रमा पुगेका थिए ।