काठमाडौं - नेकपा (एमाले)को कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयको कार्यालयमा सुरु भएको छ । बिहान ११ बजे बोलाइएको बैठक केही समय ढिला गरि बसेको हो । 

विवाद समाधान गर्न गठित कार्यदलको छलफल निष्कर्षउन्मुख भैरहेकोले आजको बैठकले विवादको टुंगो लगाउने नेताहरुको दाबी छ । यसअघि लगातार ३ दिन चलेको कार्यदलको बैठकमा विवादका धेरै विषय निष्कर्ष नजिक रहेकोले सहमति हुनसक्ने बताइएको छ । 

बैठक बस्नुअघि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यदल सदस्य विष्णु पौडेल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल संयोजक भीम रावलबीच वार्ता भएको थियो । छलफलमा ओली पक्षीय नेता शंकर पोखरेल समेत सहभागी भएका थिए । त्यसपछि नेता रावल वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । 

बुधबार साँझ नक्सालस्थित होटेल मेरियटमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच पनि भेटवार्ता भएको थियो ।