काठमाडौं,धनगढी - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुने बताएका छन् । शुक्रवार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उक्त कुरा बताएका हुन् ।

मन्त्री भट्टले पार्टीमा सरकार फेरबदलको विषयमा छलफल हुने र छिट्टै निष्कर्ष निकाल्ने बताएका छन् । सुदूरपश्चिमको हालको सरकारले गति लिन नसकेकोले अब चाहिँ यसलाई फाल्नुपर्ने आम जनताको पनि सोच भएकोले यसबारेमा पार्टीले निर्णय गर्ने मन्त्री भट्टको भनाई छ ।

अहिले लेखराज भट्टकै लविङमा मुख्यमन्त्री भएका त्रिलोचन भट्ट नेतृत्वको सरकार सुदूरपश्चिममा छ । मन्त्री भट्ट पूर्वमाओवादी केन्द्रका नेता हुन् । अहिले प्रधानमन्त्री केपी ओली नजिक भएपछि उनलाई नेकपा (एमाले) को प्रदेश इन्चार्ज बनाइएको छ । मुख्यमन्त्री भट्ट भने माओवादी केन्द्रका नेता हुन् ।

त्यस्तै, मन्त्री भट्टले एमालेका नेता माधव कुमार नेपाल लगायतका नेताका विषयमा स्पष्टीकरणपछि मात्रै कारबाहीको प्रक्रिया अगाडि बढ्ने बताए । उनले उक्त पक्षका नेताहरुका लागि एमालेको ढोका खुल्ला रहेको बताए ।