कोरोना सन्दर्भमा झुक्कियो स्वास्थ्य मन्त्रालय, हालसम्म संक्रमित संख्या २४५ मात्र रहेको पुष्टि
खबर एक्सप्रेस
२०७७-०२-०१ १०:३१ मा प्रकाशित
Total Shares: 300
काठमाडौं -स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित संख्या बारे जारी गर्ने विज्ञप्तिमा गम्भीर त्रुटी देखिएपछि अर्काे विज्ञप्ति निकालेको छ ।
केही समयअगाडि निकालेको विज्ञप्तिमा भने कोरोना संक्रमितका संख्या २ सय ५० जना देखाएको थियो । मन्त्रालयको भर्खरै जारी विज्ञप्तिमा भने कोरोना संक्रमितको संख्या २ सय ४५ मात्र रहेको उल्लेख गरेको छ ।
पुरानो विज्ञप्तिमा आएका उही मानिसको संख्या थपेरर नयाँ तथ्यांक देखाइएको थियो ।
फेसबुक पेज Like गर्नुहोस