काठमाडौं - नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आइसकेको तर जस्तोसुकै अफर आए पनि विपक्षी गठबन्धन नतोड्ने बताएका छन्।

शनिबार नयाँबानेश्वरस्थित संसद्‍ भवनमा राजनीतिक बिट हेर्ने पत्रकारसँगको अन्तरक्रियामा बोल्दै उनले विपक्षीको साथ नछोड्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री के पी शर्मा ओलीले जस्तोसुकै अफर दिए नि  गठबन्धनको साथ नछोड्ने बताएका हुन् । 

उनले भनेका छन्, 'मलाई प्रधानमन्त्रीको अफर आइसकेको छ । प्रधानमन्त्रीका लागि सिफारिस गरिएका काँग्रेस सभापति शेरबहादुर देउवालाई हेरेको हेर्यै बनाइदिउँ भनेर अफर आएको छ ।' 

उनले अगाडि भनेका छन्, 'म पार्टी एकताको पक्षमा रहेको छु ।'  उनले भनेका छन्, 'मलाई प्रधानमन्त्री बन भनिएको छ । तर, म धोका दिने मान्छे होइन । प्रधानमन्त्री के पी शर्मा ओली लोकतान्त्रिक प्रक्रियाको तानाशाह बनेको उनले आरोप लगाएका छन्।