नख्खु कारागारमा कैदीबीच झडप, एकजनाको मृत्यु
खबर एक्सप्रेस
२०७६-०४-१७ ११:०० मा प्रकाशित
Total Shares: 708
ललितपुर - ललितपुरको नख्खु कारागारमा दुईजना कैदबीच कुटाकुट भएको छ ।
शुक्रबार दिउँसो दुई कैदीबीचको विवादले उग्ररुप लिएपछि भएको कुटाकुटमा जग्गा मुद्दामा सजाय काटिरहेका पूर्णबहादुर राजीको ज्यान गएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।
उनका अनुसार राजीको वीर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। नख्खुका अर्का कैदी पवनकुमार महतोले आक्रमण गर्दा घाइते भएका पूर्णबहादुरलाई उपचारका लागि वीर अस्पताल लगिएपछि ज्यान गएको हो। कुटपिट गर्ने पवनकुमारलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
नख्खुमा नेत्रविक्रम चन्द विप्लवका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश वली र केन्द्रीय सदस्य माइला लामालाई पनि राखिएको छ।
फेसबुक पेज Like गर्नुहोस