प्रदूषित शहरको सूचीमा आज दोस्रो स्थानमा काठमाडौं
खबर एक्सप्रेस
२०८१-१२-२३ १०:०९ मा प्रकाशित
Total Shares: 32
काठमाडौं - विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं आज दोस्रो स्थानमा छ ।
काठमाडौंको वायुको गुणस्तर एक्यूआई अहिलेसम्म २११ मापन भएको छ ।
यस्तै प्रदूषित शहरको शीर्ष स्थानमा भारतको दिल्ली छ । दिल्लीको एक्यूआई २४९ रहेको छ ।
बिहीवार खतरनाक तह पार गरेर शुक्रवारदेखि केही घटेको काठमाडौंको प्रदूषण शनिबार बेलुकीदेखि बढेको हो ।
फेसबुक पेज Like गर्नुहोस