काठमाडौं - निरन्तर उकालो लाग्दै आएको शेयर बजारमा बुधबार पनि उछाल आयो ।

यस दिन बजार परिसूचक नेप्सेमा ६४ अंकको उच्च बृद्धि आयो । नेप्से १८ सय ७४ बिन्दुको उचाईमा पुग्यो ।

यसदिन कारोबार भएका सबैजसो समुहमा सुधार आएसँगै नेप्से पनि उकालो लागेको हो । नीर्जिवन बिमा समुहमा ३ सय १६ अंकको सुधार आउदा जीवन बिमा समुह ३ सय अंकले उक्लियो ।

होटल समुह नगन्य अंकले रातो रहेबाहेक जलविद्युत, विकास बैंक, व्यापार, वित्त, वाणिज्य बैंक, अन्य, लघुवित्त समुह दोहोरो अंकले उकालो लागे । यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ९६ कम्पनीको १४ करोड १८ लाख कित्ता शेयर ५ अर्ब १३ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।