काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय क्रिकेट टीमको कप्तानको जिम्मेवारी दिएपछि निवर्तमान कप्तान पारस खड्काले बधाइ दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पारसले ज्ञानेन्द्रलाई बधाइ दिँदै नेपाली क्रिकेट उच्चस्तरमा पुग्ने विश्वास पनि राखेका छन् ।

‘जसले लगनशीलता, अनुशासन र प्रतिवद्धताका साथ देशको सेवा गरेको छ उसको नेतृत्वमा नेपाली क्रिकेट नयाँ उच्चस्तरमा पुग्ने मलाई पूर्ण विश्वास छ’, पारसले लेखेका छन् ।

पारस खड्काले ज्ञानेन्द्र मल्ललाई नेपाली राष्ट्रिय क्रिकेट टीमको कप्तानका लागि सबैभन्दा योग्य व्यक्ति भएको पनि उल्लेख गरेका छन् ।