काठमाडौं - नेपालमा पश्चिमी वायु, अरब सागरमा बनेको ‘निसर्ग चक्रवात आंशिक प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

दक्षिण-पूर्वी अरब सागरमा बनेको ‘न्यून चापिय क्षेत्र’ हाल मध्य-पूर्वी अरब सागरमा निसर्ग चक्रवातका रूपमा विकसित भई उत्तरतर्फ सर्दै गएको बताइएको छ ।

महाशाखाले भनेको छ, ‘दक्षिण-पूर्वी अरब सागरमा बनेको ‘न्यून चापिय क्षेत्र’ हाल मध्य-पूर्वी अरब सागरमा निसर्ग चक्रवातका रूपमा विकसित भई उत्तरतर्फ सर्दै गएको देखिन्छ। उक्त चक्रवात आगामी १२ घण्टामा ‘शक्तिशाली चक्रवात’ रूपमा विकसित हुने सम्भावना छ। ततपश्चात् उक्त चक्रवात उत्तर-उत्तर पूर्व तर्फ सर्ने क्रममा नेपालमा पनि आंशिक प्रभाव रही केही स्थानहरूमा जुन ४, ५ र ६ अर्थात् जेठ २२-२४ मा वर्षा हुन सक्ने सम्भावना छ। साथै उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने सम्भावना देखिन्छ।’

यस्तो छ आजको मौसम

आज देशको प्रदेश न. १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रहेको छ ।

महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा सु।प। प्रदेशका भू-भागहरूमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आशिंक बदलि रहनेछ। प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ७ का थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती भने देशभरि सामान्य बदली रहनेछ । देशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।