काठमाडौं - नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले दिएको परमादेशको कार्यान्वयन असम्भव रहेको बताएका छन् । निर्दलिय शाषण व्यवस्थाको पुन: बिजारोपण भएको उनले टिप्पणी गरे । 

उनले माइतिघर मण्डलामा फैसलाको विरोध जनाउन पनि आह्वान गरेका छन् । 

‘आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन। निर्दलिय शाषण ब्यब्स्थाको पुन बिजारोपन भएको दिन। ब्यबस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेट्ङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतिक द्वन्दमा प्रबेश गरेको छ। यो परमादेश कार्यान्वयन गर्ने असंभब छ।’ नेता बस्नेतले सामाजिक सञ्जालमार्फत् भने । 

सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।