पठाओ र इनड्राइभको नाममा ‘अफलाइन’ ड्राइभ गर्ने ८३ जना पक्राउ
काठमाडौं-अफलाइन बसेर पठाओ तथा इनड्राइभर चलाएको आरोपमा प्रहरीले ८३ जनालाई पक्राउ गरेको छ।
अनलाइन सेवा भनेर अफलाइन बसेर सर्वसाधारणलाई ठगी गर्ने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। अनलाइन राइड सेयरिङ एपको नाममा अफलाइन बसेर ठगी गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
विगतका केही आपराधिक घटनाहरुमा समेत यस्ता अफलाइन सवारीको प्रयोग भएको पाइएकाले सुरक्षाका दृष्टिकोणले समेत उनीहरुलाई पक्राउ गर्नु परेको परिसरका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।
अबदेखि अफलाइन राइड सेयर नगर्न सर्वसाधारणलाई समेत प्रहरीले अनुरोध गरेको छ।
फेसबुक पेज Like गर्नुहोस