काठमाडौं - प्रधानमन्त्री ओलीले कोरोना रोकथामका लागि भएको खर्चमा अनियमितता नभएको दावी गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अपारदर्शीता, अनियमितता भएको छ  भने सरकारले छानविन गर्ने र दोषी पाइएमा कानूनको कठघरामा उभ्याएर दण्डित गर्ने बताए । 

उनले कतिपयलाई बाहिर बाहिर अनियमितता भएको हल्ला गर्ने बानी रहेको बताउँदै देश संकटमा परेको बेला कसैले भ्रष्टाचार र अनियमितता गर्न भने त्यो सैह्य नहुने बताए ।  

अहिले भएको खर्चको दिनैपिच्छे  लेखापरीक्षण गर्न सम्भव नभएको बताउँदै  उनले भोलिका दिनमा महालेखापरीक्षकले त्यसलाई हेर्ने उल्लेख गरे ।