कोरोना नियन्त्रणमा सर्वदलीय संयन्त्र बनाउन माओवादी केन्द्रको प्रस्ताव
काठमाडौं - नेकपा माओवादी केन्द्रले कोरोना भाइरसको बढ्दो महामारी नियन्त्रण तथा रोकथामका लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माग गरेको छ ।
मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले कारोना महामारी नियन्त्रणमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्नुपर्ने प्रस्ताव पारित गरेको हो । महामारीप्रति संवेदनशील बन्न सरकारसँग आग्रह गर्दै माओवादी केन्द्रले नन-कोभिड र कोभिडका बिरामीलाई एउटै अस्पतालमा राख्नु उपयुक्त नहुने बताएको छ । त्यसका लागि ‘डेडिकेटेड कोभिड–१९ अस्पताल’ बनाउनु पर्ने माओवादी केन्द्रको माग छ ।
त्यस्तै, बैठकले भारतमा संक्रमण बढेकाले सीमाहरुमा कडाईपूर्वक नियन्त्रण गर्न पनि सरकारसँग आग्रह गरेको छ । महामारीको नियन्त्रणमा स्वयं सेवकका रुपमा परिचालन हुन पार्टी कार्यकर्ताहरूलाई बैठकले निर्देशनसमेत दिएको छ ।
फेसबुक पेज Like गर्नुहोस