कैलाली - डा. गोविन्द केसी धनगढी प्रादेशि अस्पताल भर्ना भएका छन् । केही दिनअघि अनशन तोडेका केसी धनगढी पुगेर स्वास्थ्य परिक्षणका लागि अस्पताल भर्ना भएका हुन् ।

सेती प्रादेशिक अस्पतालका डा. नीराजन दत्त शर्मा पौडेलले केसीको स्वास्थ्य परीक्षण गरेका थिए। स्वास्थ्यमा गम्भीर समस्या नभए पनि अनशनका कारण थकान र केही समस्या देखिएकाले अस्पताल भर्ना हुन केसीलाई सुझाइएपछि भर्ना भएका हुन्।

सीमा अतिक्रमणले स्तब्ध बनाएको भन्दै आफ्नो १७ औँ अनशन स्थागित गरेका थिए ।