जाजरकोट - जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३३ मिनेटका जाजरकोटको नायकवडा केन्द्र बनाएर भूकम्प गएको हो ।

४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि, गत शनिबार बाजुराको पाण्डवगुफा क्षेत्रमा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

पुस ८ गते दार्चुलाको अपी हिमाल क्षेत्रमा चार म्याग्निच्युडको भूकम्प गएको थियो ।