काठमाडौं - बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगन राजदरबारबाट बाहिरिएका छन् । ह्यारी र मेगनले अबदेखि हिज/हर रोयल हाइनेस (एचआरएच) सम्बोधनसमेत प्रयोग नगर्ने भएका छन् ।

यस्तै, राजकीय जिम्मेवारीका लागि उनीहरुले सार्वजनिक कोषको प्रयोग पनि नगर्ने बेलायती राजदरबार बकिङ्गहम प्यालेसले जानकारी दिएको छ । यस्तै ह्यारी र मेगनले अबदेखि औपचारिक रुपमा महारानीको प्रतिनिधित्व गर्ने छैनन् ।

द ड्युक एण्ड डचेज अफ ससेक्सले उनीहरुको घर फ्रोग्मोर कटेज पुनर्निर्माणका लागि खर्च भएको २.४ मिलियन पाउण्ड फिर्ता गर्ने जनाइएको छ ।

फ्रोग्मोर कटेज राजकुमार ह्यारी र मेगनको बेलायती परिवारिक घर रहने राजदरबारद्वारा जारी वक्तव्यमा उल्लेख छ । यो वर्षको बसन्तमा भएको प्रयासपछि नयाँ व्यवस्थापन निस्किएको राजदरबारले जनाएको छ ।

गएको सोमबार बेलायती राजपरिवारका उच्च सदस्यहरुको बैठक सान्ड्रिङ्घममा भएको थियो । सो बैठकमा ह्यारी र मेगनको भावी राजकीय भूमिकाका सम्बन्धमा छलफल भएपछि दरबारको यो वक्तव्य आएको हो । सोमबारको भेटमा महारानी एलिजाबेथ, राजकुमार ह्यारी ह्यारीका पिता राजकुमार चाल्र्स (प्रिन्स अफ वेल्स) तथा दाइ राकजुमार विललियम ९ड्युक अफ क्याम्ब्रिज० पनि उपस्थित थिए ।

द ड्युक एण्ड डचेज अफ ससेक्स (राजकुरमा ह्यारी र उनकी पत्नि मेगन)ले आफूहरु बेलायती राजपरिवारको शीर्ष सदस्याबाट पछि हट्न चाहेको बताएका थिए ।

द ड्युक एण्ड डचेज अफ ससेक्सले ‘सिनियर’ राजपरिवार सदस्यबाट पछि हट्ने घोषणा जनवरी ८ मा गरेका हुन् । उनीहरुले वित्तिय रुपमा आत्मनिर्भर हुने गरी काम गर्ने योजना रहेको पनि उल्लेख गरेका थिए ।