काठमाडौं - महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । 

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त विपक्षी गठवन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश जारी गरेसँगै बडालले राजीनामा दिएका हुन् ।

बडालले मंगलबार प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा पत्र बुझाएका छन्। आजै अपरान्ह एक बजे महान्यायाधिवक्ता कार्यालयमा उनको बिदाई कार्यक्रम राखिएको छ । 

अग्नी खरेलले राजीनामा दिएपछि बडाल चैत ८ गते महान्यायाधिवक्तामा  नियुक्त भएका थिए ।