काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस दलीय नभएर साझा विषय भएको बताएका छन् ।

बुधबार संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले कोरोनाको व्यवस्थापन प्राविधिक विषय भएकाले विज्ञले बताउन सक्ने भन्दै तदनुरूप नै बजेट आएको बताए ।

“कोरोनाबाट नेपाललाई मुक्त गर्न केन्द्रित छ,” उनले भने,“यो खाली नियन्त्रण, रोकथाम, उपचारसँग मात्रै सम्बन्धित छैन । यो सामाजिक जनजीवनसँग सम्बन्धित पनि छ । त्यहीअनुसार बजेट बनेको छ ।”