काठमाडौं - नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ लिएका छन् ।
मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष देउवाले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
साँझ ६ बजेका लागि सपथ ग्रहण गर्ने भनिए पनि राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तीको भाषा विवादास्पद भएका कारण २ घण्टा ढिला गरी सपथ भएको हो ।

.gif)


