काठमाडौं - नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको बैठक एजेन्डामा प्रवेश नै नगरी सकिएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहीबार दोस्रो पटक बसेको बैठक कुनै छलफल नै नगरी सकिएको हो । 

बैठक भोलि फेरि बस्ने नेता सुवास नेम्वाङले बताए । सो बैठकले विवाद टुंगो लगाउने उनले बताए । 

यता, नेता घनश्याम भुषालले १० दिनदेखि केही पनि प्रगति नभएको बताएका छन् । सिंहदरबारबाट बाहिरिने क्रममा भुषालले भने, ‘१० दिनदेखी हमी जहाँको त्यहीँ छौं ।‌ टुंगोमा पुग्ने कोसिस गरिरहेका छौं, भोलि बिहान बस्ने बैठकमा मिलाउने कोसिस गर्छौ ।’