सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीको पक्षमा २१ मत परेको हो।
बैठकमा सहभागी ४० जना प्रदेशसभा सदस्यमध्ये २१ जनाले मुख्यमन्त्री शाहीको पक्षमा र १३ जनाले विपक्षमा मतदान गरेका थिए। बाँकी सदस्य तटस्थ बसेका थिए।
मुख्यमन्त्री शाहीलाई नेपाली कांग्रेसका १३ र नेकपा एमालेका ८ प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन्।
एक सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा मतदानमा तटस्थ बसे।
कर्णाली प्रदेशसभामा एमालेका १० सांसद छन्। तीमध्ये नन्दा गुरुङ सभामुख रहेकी छन् भने सांसद विनोदकुमार शाह बैठकमा उपस्थित भएनन्। एमाले संसदीय दलका नेता यामलाल कँडेलका अनुसार शाह गम्भीर बिरामी भएर अस्पतालमा उपचाररत रहेकाले बैठकमा उपस्थित हुन नसकेका हुन्।
त्यस्तै, नेपाली कांग्रेसका १५ प्रदेशसभा सदस्यमध्ये १३ जना मात्रै बैठकमा उपस्थित थिए।

.gif)


